आज सावन २ गते । विभिन्न कार्यक्रम गरी २२औ मुक्त कमैया दिवस भव्यताका साथ मनाईएको छ । मुक्त कमैया समाज कंचनपुरको आयोजनामा आज जिल्ला समन्वय समितिको सभाहलमा मुक्ति दिवस मनाइएको हो ।
बंधुवा दासका रुपमा रहेका कमैयाहरु आजकै दिन आफ्नो मालिकको घर बाट मुक्त भएका हुन । समाजका अध्यक्ष घासीराम रानाको सभापतित्वमा र कंचनपुर सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिंह भण्डारीको प्रमुख आतिथ्यमा उक्त दिवस मनाईएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले मुक्त कमैयाहरुको जिवनस्तर माथि उकास्न राज्यको हरेक तह तप्कामा पहुच बढाउनु पर्ने बताउनु भएको छ ।
कमैया मुक्ति दिवस कार्यक्रममा बिशिष्ट अतिथी नापी कार्यालयका प्रमुख पुष्कर सिह पाल, जिल्ला समन्वय समिति कार्यालय अधिकृत खेमप्रसाद चौधरी, भिमदत्त नगरपालिका वडा नं.४ का अध्यक्ष शुसिल कुमार भट्ट रहेका थिए भने दिवसमा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार र मुक्त कमैयाहरुको उपस्थिती रहेका थियो ।
कार्यक्रममा झलारीका मुक्त कमैयाहरु सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
शुक्लाफाँटा खबर
6803 posts
Comments are closed.