डोटीमा एक अर्ब ५७ लाख ६० हजार बराबरको बजेट फ्रिज

डोटी जिल्लामा आर्थिक वर्ष २०७८÷०७९ मा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका कुल बजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो ।
जिल्लामा पुजीगत तर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा एक अर्व १९ करोड ३५ लाख ८२ हजार ४४५ मात्रै खर्च भएको छ । यो रकम पुजीगत तर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो ।
यस्तै आर्थिक वर्ष ०७८÷०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड आठ लाख ३५ हजार ९६५ मध्ये ६ अर्ब ३४ करोड ८३ लाख आठ हजार ५५४ रुपैयँ खर्च भएको छ । यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो ।
जिल्लामा सो अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयँ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीका सूचना अधिकारी जयदेव पन्तले जानकारी दिनु भएको छ ।

स्थानीय तहमा २० करोड बेरुजु
जिल्लाका नौ स्थानीय तहमा संघीय सरकार मार्फत आएको कुल तीन अर्ब १९ करोड ४१ लाख ४० हजार ३०० सय मध्ये २० करोड ५३ लाख ३८ लाख ८८ हजार ३५६ रुपैया फ्रिज भएको छ । यो रकम स्थानीय तहका लागि कुल विनियोजित रकमको ६.४३ प्रतिशत हो ।
स्थानीय तहमा सबैभन्दा बढी बोगटान फुड्सिल गाउपालिकामा १२.३१ प्रतिशत रकम फ्रिज भएको छ ।
कोलेनिकाले उपलब्ध गराएको विवरण अनुसार यस गाउपालिकामा ३२ करोड ६२ लाख १५ हजार रकम विनियोजन भएकोमा चार करोड एक लाख ७४ हजार ३५२ रुपैया फ्रिज भएको छ ।
सायल गाउपालिकामा सबैभन्दा कम १.४२ प्रतिशत रकम फ्रिज भएको छ । यस गाउपालिकाका लागि विनियोजित कुल रकम ३० करोड ९४ लाख नौ हजार मध्ये ४४ लाख तीन हजार एक सय ७४ रुपैया फ्रिज भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको ११.६४ प्रतिशत रकम फ्रिज भएको छ । कुल ४२ करोड ३५ लाख १४ हजार रुपैयँ बिनियोजित भएकोमा चार करोड ९३ लाख १७ हजार ७५७ रुपैया फ्रिज भएको छ ।
केआईसिंह गाउपालिकामा दुई करोड ९३ लाख ६२ हजार ५९६ रुपैया रकम फ्रिज भएको छ । यो रकम गाउपालिकाका लागि विनियोजित २९ करोड १४ लाख नौ हजार रुपैयाको १० प्रतिशत हुन आउछ ।
शिखर नगरपालिकामा करिब ८ प्रतिशत रकम फ्रिज भएको छ । नगरपालिकाका लागि विनियोजित कुल ५१ करोड पँच लाख ७१ हजार रुपैया मध्ये चार करोड पँच लाख ८० हजार ९३ रुपैया फ्रिज भएको छ ।
जोरायल गाउपालिकाका लागि विनियोजित कुल रकम ४० करोड ३५ लाख ७६ हजार मध्ये ४ प्रतिशत रकम फ्रिज भएको छ । यस गाउपालिकामा एक करोड ६५ लाख ३७ हजार २१८ रुपैयँ फ्रिज भएको हो ।
बडीकेदार गाउपालिकामा कुल २९ करोड नौ लाख ३९ हजार रुपैया विनियोजित भएको थियो । सो रकम मध्ये एक करोड पाच लाख रुपैयँ फ्रिज भएको कोलेनिकाका सूचना अधिकारी पन्तले दिएको विवरणमा उल्लेख छ । यो रकम गाउपालिकाका लागि विनियोजित कुल रकमको ३.६० प्रतिशत हुन आउछ ।
गत आर्थिक वर्षमा आदर्श गाउपालिकामा २.७४ प्रतिशत रकम विनियोजित भएको छ । यस गाउपालिकाका लागि बिनियोजित कुल ३० करोड २३ लाख ३८ हजार रुपैया मध्ये ८३ लाख रुपैया फ्रिज भएको छ ।
पूर्वीचौकी गाउपालिकाका लागि ३३ करोड ६१ लाख ६९ हजार तीन सय रुपैयँ विनियोजित भएकोमा ६२ लाख १३ हजार १६६ रुपैयँ खर्च हुन सकेन । यो रकम गाउपालिकाका लागि विनियोजित कुल बजेटको १.८४ प्रतिशत हुन आउछ ।

सम्बन्धित

Comments are closed.