महेन्द्रनगर बाट एक जना युवतीको उद्धार

कञ्चनपुरको महेन्द्रनगर बाट एक जना युवतीको उद्धार गरिएको छ । युवतीको मोबाइल बनाउने बहाना बनाएर काठमाडौं ंबाट महेन्द्रनगर पु¥याइएकी युवतीको उद्धार गरिएको छ ।

काठमाडौं बाट भगाइएकी ती युवतीलाई नेपालगन्ज हुदै महेन्द्रनगर पु¥याएर भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्क बाट उद्धार गरिएको हो ।

महेन्द्रनगर बसपार्क बाट उदयपुरकी ती १६ वर्षीया युवतीलाई गैर सरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । युवतीलाई भगाएर ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ ।

काठमाडौंका सवारी चालक लावडले युवतीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर सम्म ल्याएका हुन् ।

सम्बन्धित

Comments are closed.