कञ्चनपुरमा ४०औ बि.पि. जयन्ती मनाईयो

कञ्चनपुरमा विभिन्न कार्यक्रम गरी शुक्रबार ४०औ बि.पि. जयन्ती मनाईएको छ । नेपाली कांग्रेशका नेता तथा शुभचिन्तकहरुले बि.पि. को सिद्धान्तमा हिड्न सकेमात्र देशमा समृद्धि आउने बताएका छन । यसैगरी कतिपय नेताहरुले नेपाली कांग्रेश बि.पि.को सिद्धान्त भन्दा बाहिर जान थालेको बताएका छन् ।
४०औ बि.पि. जयन्ती मनाउने क्रममा शुक्रबार भिमदत्त नगरपालिकाको महेन्द्रनगरमा रहेको बि.पि को शालिकमा संविधानसभा सदस्य बहादुर सिह थापा, नेपाली कांग्रेश कञ्चनपुरका उपसभापति मिनबहादुर सिह, नेता भिमराज भट्ट लगायतका नेताहरुले माल्या अर्पण गरेका छन् भने महाकाली प्रादेशिक अस्पतालमा ९० जना बिरामीहरुलाई फलफुल बितरण गरेका छन् ।
यसैगरी बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, उप प्रमुख तुलसी जोशी लगायतका नेता शुभचिन्तकहरुले बि.पि.जयन्तीको अवसरमा वडा नं.७ मा रहेको घटाल मा.वि.को परिसरमा र दैजी बजार क्षेत्रमा बृक्षा रोपण गर्नु भएको कुरा पत्रकार जयदेब जोशीले जानकारी दिनु भएको छ ।

सम्बन्धित

Comments are closed.