साढे १७ लाख भारतीय रुपैया सहित कैलालीमा दुई जना पक्राउ

कैलालीको धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैया सहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली बाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकै बाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैया सहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं.१ बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक ( डीएसपी ) देवराज जोशीले जानकारी दिनु भएको छ ।

उनका अनुसार पशुपति टोल बस्दै आएका उनीहरू दुवै जनालाई स्रोत नखुलेको उक्त रकम शनिबार बिहान करिब साढे ५ बजे तिर साइकलमा धनगढी चौराहा तर्फ लैजँदै गरेको अवस्थामा बरामद गरिएको हो ।

उक्त रकम बारे दुवै जना युवकले सशस्त्र प्रहरीलाई यथार्थ कुरा बताइ रहेका छैनन् । बरामद गरिएको रकम सहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.