डोटीमा छाडा छौपायाको उद्धार गरी गौशाला पठाइयो

डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रका छाडा छौपायाको उद्धार गरी गौशालामा पठाएको छ ।

दिपायल सिलगढी नगरपालीकाको सहयोग र गोलेदेउला भवानी गौशाला समिति सायल गाउपालिका – ६ दल्लेखको सहकार्यमा शनिबार दिपायल, पिपल्ला, एअरपोर्ट, राजपुर, सुनगाढा क्षेत्रमा छाडा छोडिएका गाईको उद्धार गरी गौशाला लगिएको छ ।

यहाका बजार तथा अन्य आसपासका क्षेत्रमा छाडा छोडिएका ५८ वटा गाईलाई जम्मा गरी रेखदेख, पालन पोषण तथा स्याहार सुसारका लागि गोलेदेउला भवानी गौशाला समितिलाई जिम्मा दिइएको नगर प्रमुख बाजीसिंह खड्काले बताउनु भयो । उहँले दुध दिन्जेल सम्म गाई घरमा राख्ने र दुध दिन छोडेपछि बजारमा छोड्नेलाई कारबाही गर्ने बताउनु भयो ।

यसैगरी नगर क्षेत्रका जुनसुकै ठाउमा छाडा रुपमा छोडिएका गाई नगरपालिका तथा वडा संग सहकार्य गरी गोलेदेउला भवानी गौशाला समितिमा पु¥याउने वातावरण गरी दिन नगरपालिकाले आम नगरवासीमा आग्रह समेत गरेको छ । दिपायल क्षेत्रमा लामो समय देखि छाडा छोडिएका चौपायाले यहाका किसानले लगाएका बालीनाली खाएर नोक्सान गर्दै आएका थिए ।

सम्बन्धित

Comments are closed.