अछाममा पहिरो जादा तीन जनाको मृत्यु

अछामको तुर्माखाद गाउपालिका वडा नं. २ भुलुमा गएको पहिरोमा पुरिएर ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ ।

आइतबार राति १ बजे तिर घर पहिरोमा पुरिदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको ज्यान गएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनु भयो ।

६५ वर्षीया नैना विष्ट घाइते छिन् । उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । उनको अवस्था सामान्य छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खँणले अछामको तुर्माखाद गाउपालिका – २ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिंदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोग बारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिंदै घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.