शुक्रबार जुलाई २९ तारिखका दिन अन्र्तराष्ट्रिय बाघ दिवश मनाइएको छ । बाघको संरक्षण र बाघ संग सम्बन्धित विषयका बारेमा जनचेतना फैलाउने र बाघको आहारको संरक्षण, वासस्थानको संरक्षण र बाघ संरक्षणका चुनौती लगायतका विषयमा विचार विमर्श गर्दै अन्र्तराष्ट्रिय बाघ दिवश नेपालमा पनि मनाइएको छ ।
यसैविच अन्र्तराष्ट्रिय बाघ दिवशको सन्दर्भ पारी कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले एक कार्यक्रमको आयोजना गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएको जनाएको छ । साथै बाघको आहारको संख्यामा वृद्धि भएको समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
शुक्रवार अन्र्तराष्ट्रिय बाघ दिवशको अवशर पारी आयोजित उक्त कार्यक्रमका सभापति शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐर रहनु भएको थियो भने प्रमुख अतिथि शुक्लाफाटा राष्ट्रिय निकुञ्ज बाट विस्थापितहरुलाई मुआब्जा सिफारिस गर्ने कार्यदलको कार्यालयका प्रमुख दल बहादुर बोहरा रहनु भएको थियो । साथै उक्त कार्यक्रममा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
Comments are closed.