नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नु पर्ने — एमाले उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले संसद् बाट पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नु पर्ने बताउनु भएको छ । शुक्रवार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाले सो कुरा बताउनु भएको हो । विदेशी छोरी नेपाल आएर बिहे गर्ने बित्तिकै नेपाली नागरिकता दिने कुरा कदापि ठिक नभएको उहाको भनाई छ ।

आज बिहे गर्ने भोलि नेपाली नागरिकता पाउने र पर्सी गएर सम्बन्ध विच्छेद गर्ने लहर भयो भने यसको जिम्मेवारी कसले लिन्छ भनी नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले प्रश्न समेत गर्नु भयो । नागरिकता विधेयकले गर्दा सबै भन्दा बढी मधेसका नागरिक समस्यामा र अल्पमतमा पर्ने नेता ज्ञवालीको तर्क छ ।

पार्टीले निर्णय नगरेको भए पनि आफ्नो आशा भने राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु नै उत्तम हुने नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले बताउनु भयो । यस्तै, ज्ञवालीले नागरिकता नपाएका नेपालीले नागरिकता पाउनु पर्ने तर नागरिकता पाउने प्रावधानहरू खुकुलो पारिन नहुनेमा आफ्नो स्पष्ट धारणा रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.