बैतडीमा चितुवाको आक्रमण बाट एक वृद्ध घाइते

बैतडीमा चितुवाको आक्रमण बाट शनिवार एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका वडा नं.२ कोटका ७० वर्षीय गणेश बहादुर चन्द रहेका छन् ।

चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनु भएको छ । बिहान चन्दको खोर बाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासोमा फसेको थियो । खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमण बाट चन्दको घँटी र हातमा घाउ भएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तल्लोसोराड क्षेत्रमा चितुवा बेला बेलामा मानव बस्तीमा पस्दै आएको छ । बासस्थान र आहारको कमीका कारण चितुवा मानव वस्तीमा पस्ने गरेको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.