कैलालीको धनगढीमा प्रहरी अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाता भित्र अस्पताल सञ्चालनमा ल्याइएको हो । प्रदेश प्रहरी कार्यालयले दिपालयमा सञ्चालन गरेको अस्पतालको शाखा धनगढीमा पनि खुलेको हो ।
सर्वसाधारणले समेत सेवा पाउने गरी अस्पताल सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले अस्पतालको सोमाबार नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले उद्घाटन गरेका छन् । विशेषज्ञ सहितको सेवा दिने उक्त अस्पताल बाट केही समयपछि शल्यक्रिया सेवा समेत प्रदान गर्ने योजना रहेको बताइएको छ ।
Comments are closed.