बैतडीका स्थानीय सरकारहरु एक आपसमा सिकाइ आदान प्रदान गर्न थालेका छन् । अन्तरपालिका समन्वयात्मक बैठकका माध्यम बाट पालिकाहरुले अनुभव र सिकाइहरु ऋादान प्रदान गर्न थालेका हुन् । स्थानीय तहमा नया जनप्रतिनिधि आए संगै पालिकाहरुका कामलाई प्रभावकारी बनाउन अन्तरपालिका समन्वयात्मक बैठक मार्फत पहल शुरु भएको पुर्चौंडी नगर पालिकाका प्रमुख दीपक बहादुर बमले बताउनु भयो ।
आइतबार दशरथचन्द नगरपालिकामा आयोजना गरिएको अन्तरपालिका समन्वयात्मक बैठकमा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । बैठकले सुशासन, विकास र सेवा प्रवाहका बिषयमा पालिकाहरु बीच साझेदारी गर्ने र असल अभ्यास आदान प्रदान गर्ने निर्णय गरेको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम बहादुर चन्दले बताउनु भयो ।
पालिकाहरु बीच असल अभ्यासका बिषयमा सिकाइ आदान प्रदान गर्न अन्तरपालिका समन्वयात्मक बैठकले सहज भएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) ले बताउनु भयो ।
यस्तै विपद् व्यवस्थापनका लागि समेत पालिकाहरुले सहयोग आदान प्रदान गर्ने सहमति जनाएका छन् । सीमा जोडिएका पालिकाहरुले विपद् व्यवस्थापनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताउनु भयो ।
अन्तरपालिका समन्वयात्मक बैठकलाई निरन्तरता दिदै अर्को बैठक आगामी भदौ १५ गते पाटन नगरपालिकामा आयोजना गरिने समेत रावलले बताउनु भयो ।
Comments are closed.