बझाङमा धामीझाक्रीको भरपर्दा एक जना सुत्केरी महिला र नवजात शिशुको ज्यान गएको छ । उपचारका लागि ढिलो अस्पताल पु¥याउदा थलारा गाउपालिका – १ मोतीपुरकी २० वर्षीया सिर्जना सुनार र उनको नवजात शिशुको ज्यान गएको हो ।
पारिवारिक स्रोतका अनुसार गत बुधबार बाटै सामान्य सुत्केरी व्यथा लागेकी उनलाई शुक्रबार बिहान साढे ६ बजे तिर व्यथा संगै शरीर बागिने समस्या भएको थियो । अँखा, अनुहार र हातगोडा बायँ तिर फर्किने र एकोहोरो श्वास चल्ने भएपछि परिवारका सदस्यले उनलाई स्थानीय धामी कहँ झारफुकका लागि लगेका थिए । उनलाई शुक्रबार दिनभरि र रातभरि स्थानीय धामीले झारफुक गरेका थिए । उनी झन् बेहोस हुन थालेपछि भोलिपल्ट देउरा अस्पताल लगिएको थियो ।
देउरा प्राथमिक स्वास्थ्य केन्द्रले उनको अवस्था नाजुक भइसकेकोले उपचार हुन नसक्ने भन्दै डडेलधुरा रेफर गरेको बताएको थियो । शनिबार दिउसो डडेलधुरा अस्पतालमा पु¥याइएकी सिर्जनाको त्यसको ३ घण्टा नपुग्दै ज्यान गएको थियो ।
उच्च रक्तचापका कारण हुने इक्लामसिया रोग भएको, फोक्सोमा ¥याल जमेको र रगतमा अत्यधिक संक्रमण भएको अवस्थामा अस्पताल पु¥याइएकी उनलाई धेरै कोसिस गर्दा पनि बचाउन नसकिएको उनको उपचारमा संलग्न डडेलधुरा अस्पतालका चिकित्सकले बताएका छन् ।
Comments are closed.