वेदकोटमा नेतृत्व विकास र प्रभावकारी सञ्चार सम्वन्धी तालिम सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा नेतृत्व विकास र प्रभावकारी सञ्चार सम्वन्धी तालिम सम्पन्न भएको छ । आदिवासी जनजाति महिलाहरुको लागि आर्थिक शसक्तिकरण परियोजना अन्तरगत ३ दिने नेतृत्व विकास र प्रभावकारी सञ्चार सम्वन्धी तालिम कञ्चनपुरको बेदकोट नगरपालिकामा सम्पन्न भएको हो ।

मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सिता चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथि मुक्त कमलरी विकास मञ्च केन्द्रिय सदस्य शान्ती चौधरी रहनु भएको थियो । कञ्चनपुरको वेदकोट नगरपालिकाको समन्वयमा र फिमीको आर्थिक सहयोगमा भएको कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्वर २, ५ र १० का मुक्त कमलरी र आदिवासी जनजाति महिलाहरुको सहभागिता रहेको थियो ।

सो नेतृत्व विकास र सञ्चार सम्वन्धी तालिम मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले वेदकोट नगरपालिकामा सम्पन्न गरिएको जनाएको छ । आदिवासी जनजाति महिलाहरुको नेतृत्व विकास र प्रभावकारी सञ्चारमा शसक्त बनाउने लगायतका विषयमा सिकाइएको आदिवासी जनजाति महिलाहरुको लागि आर्थिक शसक्तिकरण परियोजनाका कार्यक्रम संयोजक दुर्गा चाड कुवरले बताउनु भयो । साथै उक्त तालिमको प्रशिक्षक सामाजिक अभियन्ता चन्द्र सुनार र रमेश नेपाली रहनु भएको थियो ।

सम्बन्धित

Comments are closed.