बैतडीको ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको देखाएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुरचौंडी नगरपालिका, पञ्चेश्वर गाउपालिका र शिवनाथ गाउपालिका पहिरोको उच्च जोखिममा रहेका छन् । यस्तै सिगास गाउपालिका, दोगडाकेदार गाउपालिका र डिलाशैनी गाउपालिका पनि पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनु भएको छ ।
जिल्लाको सुर्नया गाउपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् । यस्तै जिल्लाका स्थानीय तहहरुमा बाढीको समेत जोखिम रहेको योजनामा उल्लेख गरिएको छ । सिगास गाउपालिका, दोगडाकेदार र डिलाशैनी गाउपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम बढी रहेको बताइएको छ ।
Comments are closed.