बैतडीमा शहीद भीमदत्त पन्तको ६९औं स्मृति दिवस मनाइयो

बैतडीमा विभिन्न कार्यक्रम गरी भीमदत्त स्मृति दिवस मनाईएको छ । शहीद भीमदत्त पन्तको ६९औं स्मृति दिवस मनाइएको हो । भुमिमा महिला कृषि सहकारी संस्था एवं दलित विकास समाज मञ्च बैतडीको आयोजनामा मंगलबार दशरथचन्द नगरपालिकाको सभा हलमा शहीद भिमदत्त पन्तको सम्झानामा स्मृति दिवस मनाइएको दलित विकास समाज मञ्च बैतडीकी अध्यक्ष सरस्वती नेपालीले जानकारी दिनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आतिथ्यमा शहीद पन्तको शालिकमा माल्यार्पण गरेर दिवस मनाईएको उहाले बताउनु भएको छ । यस्तै दिवसका अवसरमा किसानहरुलाई विउ विजन पनि वितरण गरिएको उहाको भनाई छ । ७५ जना किसानहरूलाइ विभिन्न तरकारीका विउ विजन वितरण गरिएको बताइएको छ ।

कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्त १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउमा जन्मेका थिए । किसान योद्धाका रुपमा चिनिने पन्तको २०१० साल साउन १७ गते हत्या भएको थियो ।

सम्बन्धित

Comments are closed.