दुई गर्भवती महिलाको बाजुरा बाट हवाई उद्धार

बिकट जिल्ला बाजुरा बाट बुधबार एकै दिन दुई गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । ४ दिन देखि ब्यथा लागेर सुत्केरी हुन नसकेकी जगन्नाथ गाउपालिका वडा नं.२ की ३२ वर्षीया जेनि राई नाथ र बुढीनन्दा नगरपालिका वडा नं.२ की मनु रेग्मी उपाध्यायको उद्धार गरिएको हो ।

जेनीलाई अछामको साफेबगर बाट उद्धार गरिएको हो भने मनुको कोल्टी बाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरुको उद्धार गरिएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.