नेपाल टेलिकमको टावरहरुमा विद्युत् नहुदा बझाङ्गका नागरिकहरुलाई समस्या भएको छ । बझाङमा टेलिकमका २१ वटा टावर छन् । जस मध्ये १७ वटा टावरमा उच्च गतिको इन्टरनेट फोर जी सेवा जडान गरिएको छ । तर, टावरमा नेटवर्क सुचारु गर्न बिद्युत पावर कम भएकोले समस्या भएको हो ।
पर्याप्त विद्युत् नहुदा जनताले फोर जी सेवा प्रभावित भएको बताएका छन् । स्थानीयबासीले हिउद र बर्खामा फोनको नेटवर्क समेत नियमित नभएको बताएका छन् । जिल्लाभर १६ ओटा टावर सोलारको भरमा चल्ने गरेका छन् ।
यस्तै यहाका स्थानीयले हिमाली जिल्लामा हिउदमा निरन्तर हिमपात हुने भएकोले घाम नलाग्दा सोलारको व्याट्रि चार्ज हुन नपाउने र नेटवर्क नआउने गरेको बताएका छन् । जति सम्म ब्याट्रीले धान्छ त्यति बेला सम्म मोबाइलमा नेटवर्क हुन्छ । ब्याट्री सकिएपछि नेटवर्क जाने गरेको बझाङबासीको भनाइ रहेको छ ।
Comments are closed.