बझाङमा आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि दुई मतदान स्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदान स्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउपालिका वडा नं. ५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्यु गाउपालिका वडा नं. ४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र थप गर्न सिफारिस गरेको हो ।
मतदान स्थल थप गर्न निवेदन आएपछि थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनु भएको छ । यसका लागि सिफारिस गरिएको मतदान स्थल संगै जिल्लामा एक सय ३५ मतदान स्थल हुनेछन् ।
मतदान स्थल केन्द्र पुनरावलोकन सिफारिस समितिले जिल्लाका चार मतदान स्थल मतदातालाई पायक नपर्ने ठाउमा रहेको र मतदान स्थल भएका विद्यालयमा बाढी पहिराले क्षति पु¥याएपछि मतदान स्थल परिवर्तन गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसमा थलारा गाउपालिका वडा नं. ६ मा रहेको त्रिभुवन आधारभूत विद्यालय पिखेतमा रहेको विद्यालयमा पहिरोले क्षति पु¥याएपछि वडा कार्यालयमा, थलारा–८ को शैलेश्वरी आधारभूत विद्यालय देवस्थलीमा पनि पहिराले क्षति पु¥याएपछि वडा कार्यालयमा, साइपाल गाउपालिका–५ धुली माध्यामिक विद्यालयमा रहेको मतदान स्थलमा नागरिकले पायक नपर्ने ठाउमा बनाएको भनेपछि एराङपुरी डाडामा रहेको सामुदायिक भवनमा र खप्तडछान्ना गाउपालिका – १ जगदम्बा आधारभूत विद्यालयमा पहिराले क्षति गरेपछि विद्यालय भवन नै अन्यत्र सारेकाले मतदान स्थल पनि विद्यालय सरेको ठाउँ वयालपाटा भन्ने ठाउमा सारेको बताइएको छ ।
Comments are closed.