बैतडीमा पहिरोले प्रभावित परिवार संग जनप्रतिनिधिहरु भेटघाट गरे

केहि दिन देखि भइरहेको लगातार बर्षाको कारण बैतडीको विभिन्न ठाउमा खसेको पहिरोले प्रभावित भएका परिवार संग पुर्चौंडी नगरपालिकाका जनप्रतिनिधिहरुले भेटघाट गरेका छन् । पहिरोका कारण क्षति पुर्याएका ठाउमा अनुगमन गरेर नगरपालिकाका तर्फबाट गर्न सक्ने सहयोग गर्ने नीति लिइएको नगर प्रमुख दीपक बहादुर बमले बताउनु भएको छ ।

बिहीबार पुर्चौंडी नगरपालिका वडा नं १ का कलावती धानुकको घरमा पुगेर क्षतिको विवरण संकलन गरिएको छ । लगातारको बर्षाले घानुकको घर भत्किदा पशुचौपायालाई चोट लागेको छ भने घरभित्रको अन्नपातमा समेत क्षति पुगेको छ ।

नगर प्रमुख बम, उपप्रमुख मीना धानुक, वडा नं १ का वडा अध्यक्ष गणेश बहादुर गडाल लगायतको नगरपालिकाको टोलीले अनुगमन गरेको र पीडित परिवारलाई जति सक्दो चँडो पालिकाका तर्फबाट राहत दिइने वडा नं १ का वडा अध्यक्ष गणेश बहादुर गडालले बताउनु भएको छ ।

सम्बन्धित

Comments are closed.