कैलालीमा बाघको छाला सहित चार जना प्रहरीको नियन्त्रणमा

कैलालीमा बाघको छाला सहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका–२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आर आई टी) र इलाका प्रहरी कार्यालय मालखेती बाट खटिएको संयुक्त प्रहरी टोलीले सुदुरपश्चिम प्रहरी ०४–००१ च ०००६ नम्बरको बोलेरो जीपमा डोटी बाट ल्याउदै गरेको छाला सहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले डोटीको जोरायल गाउपालिका–२ का जीप चालक समिर ओली, कैलालीको चुरे गाउपालिका–६ बस्ने टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडीको डिलासैन गाउपालिका–२ राजेन्द्र सिंह भण्डारीलाई पक्राउ गरिएको जानकारी दिनु भएको छ । .

उनीहरूले सेतो प्लाष्टिक कट्टामा बाघको छाला र हड्डीहरू बँधेको अवस्थामा बरामद गरिएको छ । डीएसपी जोशीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा चालक ओलीले बुडर बाट बोलेरो जिप चलाएर फल्टुडेमा बाघको छाला र हड्डी हालेर बिक्री गर्ने उदेश्यले चारै जनाको सहमतिमा अत्तरिया तर्फ आएको बुझिएको छ ।.

बाघको छालाको लम्बाइ टाउको देखि पुच्छर सम्म ४ फिट ७ इन्च, पुच्छरको लम्बाई ३ फिट २ इन्च, चौडाइ २ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ । हड्डीको तौल २ किलो छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.