सुदूरपश्चिम प्रदेशमा अस्पताल नै भर्ना हुनु पर्ने गरी कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
कोरोना संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या सिर्जना भएपछि प्रादेशिक अस्पताल भर्ना हुनेको संख्या दैनिकजसो बढ्न थालेको सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।
उनका अनुसार शुक्रबार सम्म कोभिड अस्थायी अस्पतालमा १४ जना संक्रमितलाई भर्ना गरिएको छ । एक जनालाई आईसीयू, ९ जनालाई अक्सिजन सपोर्टमा र अन्य ३ जनालाई जरनल वार्डमा राखिएको श्रेष्ठले बताउनु भएको छ ।
पीसीआर प्रयोगशालामा भइरहेको परीक्षणमा संक्रमण पुष्टि हुनेसंगै प्रादेशिक अस्पतालमा उपचारका लागि पुग्ने संक्रमित बढेका हुन् ।