बैतडीमा सुकुम्बासी समस्या समाधान गरिने

बैतडीको मेलौली नगरपालिका र राष्ट्रिय भूमी आयोग बीच सम्झौता भएको छ । नगरपालिका भित्र रहेका सुकुम्बासी ,भूमीहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्झौता भएको नगर प्रमुख भीम बहादुर चन्दले बताउनु भएको छ ।

शुक्रबार आयोगका पदाधिकारी र मेलौली नगरपालिकाका जनप्रतिनिधि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता भएसंगै नगरपालिका भित्र रहेका भूमीहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनको काम शुरु हुने उहाले बताउनु भएको छ । तथ्यांक संकलन गरेर विवरण आयोगमा पठाइने नगर प्रमुख चन्दले बताउनु भएको छ ।

जिल्लामा रहेको भूमी आयोगका जिल्ला समिति संग समेत समन्वय गरेर काम अघि बढाइने छ ।

सम्बन्धित

Comments are closed.