डोटीको बुडर तथा कञ्चनपुरको बंक–नायल सडकको वातावरणीय प्रभाव मूल्यांकन –इ आइ ए) प्रतिवेदन स्वीकृत भएको छ । १२.५ किलोमिटर लम्बाइको उक्त सडकको इआइए प्रतिवेदन लामो समय देखि स्वीकृत नहुदा सडक निर्माणमा समस्या हुदै आएको थियो ।
वन तथा वातावरण मन्त्री प्रदीप कुमार यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम मन्त्रीस्तरीय निर्णय गरेर सडक निर्माणको गँठो फुकाएका हुन् । उक्त सडक निर्माण भएपछि कञ्चनपुर बाट डडेल्धुरा जानका लागि कम्तीमा तीन घन्टा मात्रै लाग्ने बंकका स्थानीय सुरेन्द्र बमले जानकारी दिनु भएको छ ।