सुदूरपश्चिममा तेस्रो लहरको कोरोना संक्रमण फेरि उकालो लाग्न थाल्यो

सुदूरपश्चिममा तेस्रो लहरको कोरोना संक्रमणपछि शुन्यमा झरेको संक्रमण फेरि उकालो लाग्न थालेको छ । साउन १ गतेदेखि २० गते बिहान सम्मको तथ्यांक अनुसार कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ भने ६१ जना सक्रिय संक्रिमत रहेका छन् । यसरी कोभिड संक्रमण उकालो लाग्न थालेपछि प्रदेशमा फेरि विगतकै अवस्था दोहोरिन्छ की भन्ने चिन्ता आइलागेको छ ।

पहिलो देखि तेस्रो लहर सम्मको कोरोना नियन्त्रणमा पूर्णतया सफल हुन नसकेको प्रदेश सरकारलाई फेरि चुनौती थपिने संकेत देखिएको छ । विगतमा समुदाय स्तरमा संक्रमण फैलिने जोखिम नियन्त्रण गर्न नसकेको प्रदेश सरकारलाई अहिलेको संक्रमणले समस्या पार्ने देखिएको हो । सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछाने भने कोभिड नियन्त्रणका लागि प्रदेश सरकार तयारीमा जुटि सकेको बताउनु भयो ।

कोरोना संक्रमणलाई नै केन्द्रित गरेर सुदूरपश्चिम प्रदेश सरकारले २० वटा भेन्टिलेटर खरिद गरेको थियो । प्रदेशका विभिन्न अस्पतालका लागि खरिद गरिएका उक्त भेन्टिलेटरहरु सबै जिल्लामा दुई वर्ष सम्म पनि सञ्चालन हुन सकेका छैनन् । जिल्ला अस्पताल बाजुराका लागि खरिद गरिएका दुई वटा भेन्टिलेटर मेसिनका सबै सामान समेत नपुगेको अस्पतालले जनाएको छ । उक्त उपकरणका सामान पुगेपछि मात्रै जडान हुने र त्यसपछि सञ्चालन गरिने बताइएको छ ।
उक्त अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्नका लागि जनशक्तिको समेत अभाव रहेको छ । अहिले बाजुरमा केही समस्या देखिने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशीले पनि बताउनु भयो । सुदूरपश्चिमका १० अस्पतालमा हालसम्म ४८ वटा मात्रै आईसियू बेड छन् । भने, ५० वटा भेन्टिलेटर मेसिन सोही १० वटा अस्पताललाई उपलब्ध गराइएको छ । कोभिड–१९ का लागि भने छुट्टै ३५ वटा भेन्टिलेटर मेसिन रहेको बताइएको छ । जसमा सेती प्रादेशिक र टीकापुर अस्पतालमा ८÷८ भेन्टिलेटर रहेका छन् ।

यस्तै डडेल्धुरा अस्पतालमा ५ वटा भेन्टिलेटर छन् । महाकाली, दार्चुला, बैतडी, बझाङ, डोटी र अछाममा भने २÷२ मेसिन जडान गरिएको छ । बाजुरा बाहेक अन्य जिल्ला अस्पतालमा मेसिन उपलब्ध भएपनि सञ्चालन गर्ने जनशक्ति भने प्रर्याप्त छैन । विगतमा निर्देशनालयले केही स्वास्थ्यकर्मीलाई तालिम उपलब्ध गराएको भएपनि उनीहरु मध्ये केही सरुवा भएर गइसकेका छन् । त्यस कारण प्रदेश सरकार कर्मचारी व्यवस्थापनको तयारीमा लागेको सामाजिक विकास मन्त्रालयका सचिव लामिछानेले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.