कैलालीमा अवैध समान बरामद गर्न खोज्दा विवाद

कैलाली भन्सार कार्यालयको टोलीले भारत बाट अवैध रुपमा ल्याई रहेको समान बरामद गर्न खोज्दा विवाद भएको छ । सोमबार राति धनगढी उपमहानगरपालिका–२ का दुई जना महिलाले भारत बाट अवैध रुपमा ल्याएका सुट लगायतका समान भन्सार कार्यालयको गस्ती टोलीले बरामद गर्न खोज्दा विवाद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार मिलनचोक स्थित भन्सारको गस्ती टोलीले धनगढी उपमहानगरपालिका – २ की रिता कुवर र अञ्जु कुवरले भारत बाट ल्याइ रहेको समान बरामद गर्ने क्रममा वादविवाद भएको थियो ।

सोही क्रममा त्यहा पुगेका रिताका श्रीमान कालुसिंह कुवरले भन्सार कार्यालयको गाडी माथि तोडफोड गरेको बताउदै डीएसपी जोशीले उनी सहित अन्य दुई महिला र भन्सार कार्यालयका सवारी चालक रोहित महतालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका चारै जना माथि अनुसन्धान भइरहेको जोशीले बताउनु भयो । प्रहरी नियन्त्रणमा रहेका ती दुई महिलाले भन्सार कार्यालयको गस्ती टोलीले आफूहरु संग पैसा मागेपछि विवाद भएको बयान दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.