बझाङको केदार मा.वि.एक हप्ताका लागि बन्द

बझाङको केदार मा.वि.का छात्राहरु बेहोस हुन थालेपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्रा बेहोस भएको सो विद्यालयमा सोमबार ६ जना छात्राहरु बेहोस भएका थिए । बेहोस भएका छात्राहरुमा २ घण्टा पछि मात्रै होस आएको विद्यालयका प्रधानाध्यापक विष्णुसिंह बोहराले बताउनु भयो ।

बित्थडचीर गाउपालिका वडा नं १ स्थित विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिए पछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक बोहराले बताउनु भयो । बेहोस भएका केहि छात्राहरुको घरमा धामी बोलाएर सोधेपछि होसमा आएका शिक्षक मुरलीधर अवस्थीले बताउनु भयो ।

छात्राहरुमा बेहोस हुने समस्या मास हिस्टेरिया भएको देउलेक प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ईश्वर बलामीले बताउनु भयो । सबै छात्राहरु एकै ठाउमा भएकाले यस्तो समस्या आएको हुन सक्ने उहाले बताउनु भयो । विद्यालयमै पुगेका बलामीले यो बिषयमा शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी समेत गराएका छन् ।

सम्बन्धित

Comments are closed.