कांग्रेश नेता द्धारा कञ्चनपुरको सार्कीपार्की टोलको स्थलगत निरिक्षण

नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद, पूर्वमन्त्री गोबिन्द बहादुर शाह, वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी, वेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपाली, वेदकोट नगर कमिटी सभापति तुलाराम शाहु , कृष्णराम भुल लगायतको टोली द्वारा सार्कीपार्की टोलको वाढी प्रभावित क्षेत्रको मंगलबार स्थलगत निरिक्षण तथा अनुगमन गरेको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.४ बैतडामा रहेको सार्कीपार्की टोलमा सावन १८ गते चौधर नदीमा आएको बाढीले स्थानीय किसन भुलको परिवार बिस्थापित भएको थियो भने १ दर्जन भन्दा बढी घर बाढीको उच्च जोखिममा रहेका छन । बेदकोट नगरपालिका र जनताको तटबन्ध कार्यालयले १ हजार ५ सय कट्टा अस्थायी तटबन्धका लागि उपलब्ध गराएको थियो ।

उक्त कट्टामा माटो भरी अस्थायी तटबन्ध गर्ने काम शसस्त्र प्रहरी बल शैलेश्वरी गणले गरि रहेको छ । मंगलबार अनुगमनमा पुगेका नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले सार्कीपार्की टोल भएर बग्ने चौधर नदीमा बलियो तटबन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसको लागि तत्कालै नेपाल सरकारलाई बजेटको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित

Comments are closed.