बैतडीको खोड्पेमा कोल्ड स्टोर सञ्चालन
बैतडीको खोड्पेमा कोल्ड स्टोर सञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र बैतडीको १५ लाख अनुदान र दोगडाकेदार भूमीराज कोल्डस्टोरको बँकी लगानी गरी ४५ लाखको लागतमा कोल्ड स्टोर सञ्चालनमा आएको हो । कोल्डस्टोर स्ञ्चालनमा आए संगै आलुको बीउ भण्डारणका लागि किसानहरुलाई सहज हुने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख गोपालदत्त भट्टले बताउनु भयो ।
पाटन नगरपालिका ८ खोड्पे क्षेत्र आलु उत्पादनका लागि प्रसिद्ध क्षेत्र भएको र कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानहरुलाई सजिलो हुने उहाले बताउनु भयो । सोमबार एक कार्यक्रमको आयोजना गरेर कोल्डस्टोरको उद्दघाटन गरिएको भट्टले बताउनु भयो । १० टन क्षमताको कोल्डस्टोर खोड्पेमा सञ्चालनमा आएकोले पाटन नगरपालिका वडा नं ८, ९ र १० का किसानहरुलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्रका प्रमुख भट्टले बताउनु भयो ।