बैतडीको सुर्नया गाउपालिकामा भटमासमा लाग्ने खपटे किराको प्रकोप देखिएको छ । बारीमा लगाएको भटमास खाएर खपटे किराले क्षति पुर्याएको किसानहरुले बताएका छन् । सुर्नया गाउपालिका वडा नं ८ ढोलेमा भटमासमा खपटे किराको प्रकोप देखिएको स्थानीय तेजन बोहराले बताउनु भयो । किराले गाउभरी भटमास सखाप पारेको उहाले बताउनु भयो ।
जिल्लाको मुख्य दलहन बालीको रुपमा रहेको भटमास किराले खाएर सखाप पारेको स्थानीय जहरे बोहराले बताउनु भयो । खपटे किरा नियन्त्रणका लागि बिषादी प्रयोग गर्नुपर्ने कृषि प्राविधिकहरुले बताएका छन् । किराको प्रकोप नियन्त्रणका लागि मालाथाइन र साइबर मेक्सिफ्रन प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
Comments are closed.