२८औं बिश्व आदिबासी जनजाती दिवस मंगलबार कञ्चनपुरको धरमपुरमा मनाइएको छ । बेदकोट नगरपालिका वडा नं.५ धरमपुरमा आदिबासी जनजाती महासंघ बेदकोट नगर समन्वय परिषदले उक्त दिवस कार्यक्रमको आयोजना गरेको हो । बेदकोट नगर समन्वय परिषदकी अध्यक्ष खुशी चौधरीको सभापतित्वमा र मुक्त कमैया समाजका अध्यक्ष घासीराम रानाको प्रमुख आतिथ्यमा सो दिवस मनाइएको हो ।
दिवसमा बिशिष्ट अतिथी बेदकोट नगरपालिका वडा नं.५ का अध्यक्ष चित्रदेब भट्ट, वडा नं.६ का अध्यक्ष तुलसी राना, वडा नं. ७ की वडा सदस्य तारादेबी डंगौरा, आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कंचनपुरकी पुर्व अध्यक्ष प्रेमवति राना, आदिबासी जनजाती किर्ति बहादुर थापामगर, थारु नागरिक समाजका अगुवा बल बहादुर डगौरा रहेका थिए । यसैगरी कार्यक्रममा विभिन्न स्थान बाट आएका आदिबासी जनजाती तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
यसैगरी कैलालीको धनगढीमा पनि मंगलबार नेपाल आदिबासी जनजाती महासंघ सुदुरपश्चिम प्रदेश समन्वय परिषदले २८औ बिश्व आदिबासी जनजाती दिवस मनाएको छ । सुदुरपश्चिम प्रदेश समन्वय परिषदका अध्यक्ष दलबहादुर घर्तिमगरको सभापतित्वमा र प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाको प्रमुख आतिथ्यमा उक्त दिबस मनाइएको हो ।
प्रमुख अतिथी राज्यमन्त्री रैकाले आदिबासी जनजातीहरुको मुद्धा उठान गर्नु पर्ने र त्यसका लागि प्रदेशसभा मार्फत कार्यविधि बनाएर ऐन पारित गराउन सबै आदिबासी जनजाती एकबद्ध भएर लाग्नु पर्ने बताउनु भएको छ ।
Comments are closed.