कंचनपुरको बेदकोटमा सुडा बजार अनुगमन

कंचनपुरको बेदकोट नगरपालिकामा बुधबार बजार अनुगमन गरिएको छ । बजार अनुगमन अन्र्तगत बेदकोट नगरपालिका वडा नं.७ को सुडा बजारको पसलहरु बाट अनुगमन शुरु गरिएको छ ।

बजार अनुगमनका क्रममा विभिन्न पसल बाट अखाद्य बस्तु तथा म्याद नाघेका खाद्यबस्तु र औषधी पसल तथा एग्रोभेट बाट म्याद नाघेका औषधी बरामद गरी अनुगमन टोलीले नष्ट गरेको छ । ८० प्रतिशत पसलमा म्याद नाघेका अखाद्य बस्तु भटिएको अनुगमन टोलीका संयोजक पदम बहादुर ठकुराठीले बताउनु भयो । अनुगमन टोलीले पहिलो पटक लिखित चेतावनी दिएर छोडेको छ भने दोस्रो पटक फेला परेमा कानुन अनुसार कार्वाही गर्ने संयोजक पदम बहादुर ठकुराठीले बताउनु भयो ।

अनुगमन टोलीमा बेदकोट नगरपालिकाका कार्यबाहक नगर प्रमुख तुलसी जोशी, स्वास्थ्यकर्मी सुचना अधिकारी, उद्योगबाणिज्य संघका प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधि, खाद्य अधिकारकर्मी, सुरक्षा निकाय लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । हरेक महिनामा बजार अनुगमन गरिने कुरा समेत जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.