कञ्चनपुरमा लागू औषध दुरब्यसन नियन्त्रण सम्बन्धी अन्तरक्रिया

कञ्चनपुरको बेदकोट नगरपालिकाको आयोजनामा लागू औषध दुरब्यसन नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । उक्त अन्र्तक्रिया कार्यक्रमको अध्यक्षता बेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशीले गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा रहेका थिए ।

यस्तै ,बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी श्याम सिंह चौधरी, निमित्त प्रशासकीय अधिकृत अमर महरा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, अधिवक्ता, शिक्षक बर्ग, राजनैतिक दलका प्रतिनिधिहरु, सुडा प्रहरी चौकी प्रमुख, दैजी प्रहरी चौकी प्रमुख लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.