धनगढीमा घरमै राखिएको ट्याक्टरमा आगजनी

कैलालीको धनगढीमा घरमै राखिएको ट्याक्टरमा आगजनी भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ६ जालीगाउ“मा घरको आगनमा राखिएको ट्याक्टरमा आगजनी गरिएको हो । मंगलबार राति करण चौधरीको घर अगाडि पार्किङ गरिएको ट्याक्टरमा अज्ञात ब्यक्तिले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नयँ ट्याक्टर जलेर केही पार्टहरु नष्ट भएका छन् । राति आगजनी भएको देखेपछि छिमेकी र स्थानीयले आगो निभाएका थिए । यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.