बैतडीमा कोरोना संक्रमितको लागि कोष स्थापना गर्ने निर्णय भएपछि त्यसलाई सञ्चालन गर्नका लागि कार्यविधि तयार गर्न थालिएको छ । केही दिन पहिला बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष बनाउने निर्णय गरेको थियो । सो कोषमा प्रत्येक पालिका बाट रु ५० हजारका दरले रकम जमा गरेर ५ लाख बराबरको आकस्मिक कोरोना कोष स्थापना गर्ने निर्णय भएको थियो ।
सो कोषलाई व्यवस्थित रुपमा सञ्चालनका लागि कार्यविधि बनाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनु भयो । स्वास्थ्य कार्यालयले सञ्चालन र व्यवस्थापन गर्ने गरी कोष स्थापनाको निर्णय भएको थियो । कोरोना संक्रमितहरुलाई सम्बन्धित स्थानीय तहमा पुर्याउन, आइसोलेसनमा व्यवस्थापन गर्न लगायतका काममा सहयोग पुर्याउन कोष स्थापना गर्ने निर्णय भएको छ ।