बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा

बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका – ९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थल तर्फ गएको छ । स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारत बाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.