सुदुरपश्चिमको ६ पहाडी जिल्लाको खाद्यान्न बचत शून्य

डोटी बाहेक यस वर्ष सुदुरपश्चिमको ६ पहाडी जिल्लाको खाद्यान्न बचत शून्य रहेको छ । डोटीमा यो वर्ष झण्डै २ सय मेट्रिक टन खाद्यान्न बचत भएको छ । तर, विगतका वर्षमा सो जिल्लामा समेत खाद्यन्न बचत शून्य हुदै आएको हो ।

खाद्यान्न बचतको हिसाबमा पहाडी जिल्लाको अवस्था शून्यमा छ । सिचाई र मल अभावमा पहाडी जिल्लामा खाद्यान्न उत्पादन वर्षेनी घट्दै गएको तथ्यांक छ । यो वर्ष प्रदेशको खाद्यान्न बचत आधाले घटेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दीपायलका योजना अधिकृत टेकेन्द्र सिंह ऐरले बताउनु भयो ।

७ पहाडी जिल्लाको खाद्यान्न मागलाई तराईको कैलाली र कञ्चनपुरले आपूर्ति गर्दै आएकोमा यस वर्ष यी दुवै जिल्लाको खाद्यान्न बचत आधाले घटेको प्रदेशको खाद्य वासलातले देखाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.