कञ्चनपुरका कांग्रेश नेताहरु चुनावी माहोल बनाउन ब्यस्त

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन घोषणा भएपछि कंचनपुरका कांग्रेश नेता दिवान सिह बिष्ट काठमाडौमा शिर्ष नेताहरु सित भेटघाटमा ब्यस्त भएका छन् । काग्रेसकै केन्द्रीय सदस्य द्वय रमेश लेखक र एनपी साउद आजभोली आफ्नै निर्वाचन क्षेत्रमा सक्रिय भएका छन् । लेखक निर्वाचन क्षेत्र नंं. ३ र साउद निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्दै आएका छन् ।

सत्तारुढ गठबन्धन बीच चुनावी तालमेल भएपछि विष्टले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नपाउने सम्भावना बढेपछि काग्रेस संस्थापन इतरका विष्ट आगामी निर्वाचनमा टिकटका लागि लबिङ्ग गर्न काठमाडौं गएका छन् । लेखक र साउदले टिकट पाउदा निर्वाचन क्षेत्र नं. १ नेकपा माओवादी केन्द्रको भागमा पर्ने सम्भावना रहेको छ ।

यस अघि तत्कालिन वाम गठबन्धन बाट जितेकी माओवादी केन्द्रकी विना मगर फेरि चुनाव लड्ने तयारीमा छिन् । चुनावी तालमेल अनुसार निर्वाचन क्षेत्र नं. १ माओवादी केन्द्रको भाग परेपछि विष्ट उम्मेदवार हुन नपाउने अवस्था आउन लागेको बताइएको छ । चुनावी तालमेल गर्ने निर्णयपछि निर्वाचन क्षेत्र नं. १ मा काग्रेसका नेता कार्यकर्ता तालमेल विरुद्ध देखिएका छन् ।

सम्बन्धित

Comments are closed.