साधारण स्कुलको भुपु बिद्यार्थीहरुको भेला सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं.१८ स्थित महेन्द्रनगर नमुना मा.वि साधारण स्कुलमा शनिबार भुपु बिद्यार्थीहरुको भेला कार्यक्रम सम्पन्न भएको छ । भुतपुर्व बिद्यार्थी सुनिल ओझाको नेतृत्वमा ११ सदस्यीय महेन्द्रनगर नमुना मा.वि भुपु बिद्यार्थी समाज तदर्थ समिति गठन गरिएको छ । जसमा महासचिवमा शक्ति पन्त बिष्ट, कोषाध्यक्ष जयबहादुर महरा र अन्य सदस्यमा चयन भएका छन् । सदस्यहरु पुष्पमणी जोशी, दिपेन्द्र भण्डारी, पदमा साउद, माधव भट्ट, केशबदत्त भट्ट, टेकबहादुर चन्द, बिश्वदेब भट्ट, जयन्ती थापा र पुष्पा जोशी चयन भएको कुरा शिक्षक बिष्णुदत्त भट्टले बताएका छन् । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज बिष्टको सभापतित्वमा र भुतपुर्व प्रथम ब्याजका बिद्यार्थी तथा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेपाली कांग्रेशका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एनपी साउद र भिमदत्त नगरपालिकाका पुर्व नगर प्रमुख सुरेन्द्र बिष्ट बिशिष्ट अतिथी रहेका थिए ।

सम्बन्धित

Comments are closed.