देशैभरमा काँग्रेसको पहिलो जित

महेन्द्रनगर । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली मुस्ताङबाट विजयी भएका छन । उनी एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराएर विजयी भएका हुन । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् ।

देशभर युवाको लहर चलिरहेका बेला भर्खरै राजनीतिमा प्रवेश गरेका योगेशले बाबु पुस्ताका ६० वर्षका प्रेमलाई हराउँदै इतिहास रचेका छन् । यसवर्ष कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने योगेश नै सबैभन्दा कम उमेरका सांसद हुन् । पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति थिए । हाल उनी गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् ।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र पराजित प्रेम नातामा साला भेना हुन् । रोमी ९योगेशका बुवा० र प्रेम मामा–फूपूका छोरा हुन् ।

सम्बन्धित

Comments are closed.