महेन्द्रनगर । कञ्चनपुरमा प्रहरीले अबैध औषधीसहित मेडिकल संचालकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको लालझाडी गाउँपालिका–६ चानदेवमा सञ्चालित जनता मेडिकलबाट प्रहरीले अबैध औषधि सहित मेडिकल सञ्चालकलाई पक्राउ गरेको हो । मेडिकलमा अबैध औषधि वेचविखन हुन्छ, भन्ने गोप्य सुचनाका आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलि र ईलाका प्रहरी कार्यालय बेलौरीबाट गएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
अबैध औषधि सहित मेडिकल सञ्चालक बेलौरी–९ कुण्डाका बर्ष ४३ का सुनिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायव निरिक्षक प्रकाश दत्त जोशीको कमाण्ड खटिएको प्रहरी टोलिले सो मेडिकलमा खानतलासि गर्दा बेचविखन गर्न नमिल्ने अबैध १९ प्रकारका औषधि सहित सञ्चालक चौधरीलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरीप्रसाद जैशीले बताउनु भयो ।
उनले भने “बरामद औषधि र मानिसलाई आवश्यक कार्वाहिका लागि औषधि विभाग व्यवस्था कार्यालय नेपालगन्ज बाँके पठाएको छौ ।” कञ्चनपुर प्रहरीले यस अघि जिल्लाको भिमदत्त नगरपालिकामा सञ्चालित विभिन्न स्थानका मेडिकलमा छापामारी अबैध रूपमा सञ्चालित मेडिकलमा राखिएका औषधि र सञ्चालकलाई पक्राउ गरी कार्वाहिका लागि मुद्वानै चलाएको थियो ।
उक्त जनता मेडिकल हलबाट प्रहरीले बरामद गरेका औषधि निम्ना अनुसार छन् ।
१) PREGA-150 =६ डब्बा x 100×6= 600 क्यापसुल
२) VIGORE-IP100MG=55 TEBLET
३) MECOGLEN -0D-12 प्याकेट-10×12=120 क्याप्सुल
४) Derniford -15 g -33 पिस indian
५) skine shine-cream-15 पिस
६) Elosone-HT skine -8पिस
७) Mefetce-spos-tablets= 200 tabalet
८) Mictofol-spos= 10 प्याकेट
९) Asthali-n-4-315 tablet
१०) Unwanted-kit-6 पिस, 6×5=30 tablet
११) Medley crestorage -6×10=60 पिस
१२) Tryptin 25- 250 tablet
१३) Nimes utide 65 tablet
१४) Neurocan forire 60 tablet
१५) CTZ 150 tablet
१६) Bestiosol 110 tablet
१७ )Injactinol of vitamaim bit 50 पिस
१८ )Bebnesul 3 पिस
१९) I-drop-Earue 10 पिस
Comments are closed.