महेन्द्रनगर । जापान कराँते डो कोशिकाइ सितोरियो संघ सुदूरपश्चिमले गुरु पूर्णिमाको अवसरमा आफ्ना अग्रज गुरुहरूलाई सम्मान गरेको छ। गुरु पूर्णिमाको विशेष अवसर पारेर आयोजित कार्यक्रममा कराँते क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका अग्रज प्रशिक्षक तथा गुरुहरूको सम्मान गरिएको हो।

कराँते वरिष्ठ प्रशिक्षक विमल खडायतलाई उहाँका चेला जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल का केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले फुल माला अबिर खादा ओढाएर आफनो गुरुलाई सम्मान गर्नु भएको छ ।
साथै खेलाडीहरुले आफना गुरुहरुलाइृ फुलको माला, अबिर खादा ओढाएर सममाान गरेका थिए भने केक काटेर खुसियाली बाढेका छन् ।
गुरु–शिष्य परम्पराको महत्व उजागर गर्दै खेलकुद क्षेत्रको विकासमा गुरुहरूको भूमिका अतुलनीय रहेको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल का केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंह बताए। गुरुबाट प्राप्त ज्ञान, अनुशासन र संस्कारले खेलाडीलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले गुरुहरूको सम्मान गर्नु सबैको दायित्व भएको उल्लेख गरे।
कार्यक्रममा सम्मानित गुरुहरू सुदूरपश्चिम कराँते वरिष्ठ प्रशिक्षक विमल खडायतले यो सम्मान गरेको प्रती आभार व्यक्त गर्दै खेलाडीहरुले अनुशासनमा रहनु पर्ने आजका खेलाडी भोलीका गुरु बन्ने भएकाले सबैले खेलमा अनुसासित भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ,
Comments are closed.