टी २० विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीले सरकारबाट जनही १३ लाख पाउने

महेन्द्रनगर । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने टी(२० विश्वकपक्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो। १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ।

प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ। गत आइतबार सम्पन्न आइसीसी पुरुष टी– २० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो।

यसअघि सोमबार बसेको नेपाल क्रिकेट संघ ९क्यान० को बोर्ड बैठकले नेपाली टिमलाई ५० लाख रूपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो।

सम्बन्धित

Comments are closed.