महेन्द्रनगर । चाडपर्व नजिकिए संगै गाँउघरमा जुवा खेल्नेहरुको बिगबिगी बढेको छ । दशैको समयमा बाहिर गएकाहरु पनि आफनो गाँउघरमा आउने र गाँउघरमा बढी भिडभाड हुने समयमा जुवा खेल्ने जमात पनि प्रसस्त पाईन्छ । कञ्चनपुर प्रहरीले एक हप्तामा १८ जना जुवाडेलाई पक्राउ गरेको छ । असोज १६ गते १२ जना र असोज १३ गते ६ जना जुवाडेलाई पक्राउ गरेको हो ।
भीमदत्त नगरपालिका–१४ बनकट्टी स्थित अमरसिंह कुवँरको बाझो कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय राजेन्द्र खातीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा खातीसहित भीमदत्त नगरपालिका–१४ बस्ने ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणिराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर रहेका छन्।
यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ४२ वर्षीय जगतबहादुर धामी, भीमदत्त नगरपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्र तिवारी, शुक्लाफाटा नगरपालिका–३ बस्ने ३४ वर्षीय दिपक बोहरा, कैलालीको धनगढी उपमहानगरपालिका–२ बस्ने ४४ वर्षीय पदम भाट, धनगढी उपमहानगरपालिका–७ बस्ने २९ वर्षीय गौतम बिष्ट, कैलालीको गौरीगंगा नगरपालिका–४ बस्ने ४५ वर्षीय जगतबहादुर धामी रहेका छन्।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नगद १ लाख ६ हजार ४७० र ५६ पत्ती ताससहित उनीहरुलाई बुधवार पक्राउ गरेको बताएको छ । गत असोज १३ गते कञ्चनपुरबाट मध्यरातमा ६ जुवाडे पक्राउ परेका थिए ।
दोधरा चाँदनी नगरपालिका–६ संगम टोलका धने गुरुङको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट २२ हजार १३० रुपैयाँ, २ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको थियो ।
Comments are closed.