महेन्द्रनगर । राना चौधरी समुदायमा खटियाको विशेष सांस्कृतिक तथा परम्परागत महत्व रहिआएको छ । जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार तथा दैनिक जीवनमा खटियाको प्रयोग हुने भएकाले यसलाई समुदायको पहिचानका रूपमा पनि लिने गरिन्छ ।
काठका चारवटा खुट्टा र चारवटा बल्लीमा प्लास्टिकको डोरी बुनेर तयार गरिने खटिया अहिले पनि केही ज्येष्ठ नागरिकले परम्परागत सीपअनुसार निर्माण गर्दै आएका छन् ।
आधुनिक जीवनशैलीको प्रभावसँगै परम्परागत खटियाको प्रयोग घट्दै गए पनि राना चौधरी समुदायको संस्कृति, पहिचान र मौलिक सीप संरक्षणका लागि यसको महत्व अझै उत्तिकै रहेको स्थानीयको भनाइ छ ।
वेदकोट नगरपालिका–६ निवासी ६० वर्षीय भीमबहादुर चौधरी आफ्नै हातले खटिया बनाउँदै आउनुभएको छ । उहाँका अनुसार पछिल्लो पुस्तामा यो सीप सिक्ने रुचि घट्दै गएको छ ।
उहाँ भन्नुहुन्छ, “आजभोलिका युवाले खटिया बनाउन जान्दैनन् । बजारबाट पलङ किनेर त्यसैमा सुत्ने चलन बढेको छ । धेरै युवाले त खटियामा सुत्नसमेत रुचाउँदैनन् ।
आफुलाई भने यो खटियामा मात्रै निद्रा लग्ने पलङमा सुत्न नसकिने उहाँले बताउनु भयो । यस्तै, मिरादेवी डगौराले पनि आफुलाई यही खटियामा सुत्न मन पर्ने बताउनु भयो ।
जन्मेदेखी यस्मै सुत्ने गरेको अनि पाहुनाहरु आएपनि यसैमा बस्ने “हाम्रो सोफा भनेपनि यही हो कुर्ची भनेपनि यही हो” उहाँले भन्नुभयो ।
मर्ने बेलामा पनि यसै खटियामा राखेर घाटमा पुय्राउने र त्यही छोडेर आउने आफनो परमपरा रहेको बताउँदै उहाँले पछिल्लो समयमा यो खटियाको काम निकै घटेको बताउनु भयो ।
सबै चौधरीहरुको घरमा एउटा खटिया भएपनि खटिया रहेको भएपनि हामीहरु समुदायका अग्रजहरूले खटिया बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
Comments are closed.