महेन्द्रनगर । कञ्चनपुरमा विद्युतिय स्कुटर प्रयोगकर्ताहरु त्रासमा रहेका छन् । पछिल्लो समय विद्युतिय स्कुटरहरु धमाधम प्रहरी र शसस्त्त प्रहरीले पक्राउ गर्न थालेपछि विद्युतिय स्कुटर प्रयोगकर्ताहरुले प्रहरीलाई देखेपछि भाग्नु पर्ने अवस्था सुर्जना भएको छ ।
नेपालमा खरिद गरेका कागजात पुरा पुगाएर खरिद गरेका २४ वटा विद्युतिय स्कुटर यातायात व्यवस्थाका कार्यालय कञ्चनपुरमा दर्ता पनि भएकाछन । तर पछिल्लो समय भन्सार छली गरेर नेपालमा भित्रिएका विद्युतिय स्कुटरहरु संचालनमा आएपछि सुरक्षा, दुर्घटनाको कारणले गर्दा दर्ता विनै संचालनमा रहेका त्यस्ता विद्युतिय स्कुटरहरुलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।
भीमदत्त नगरपालिका ४ का अशोक भण्डारीले विगत २ वर्षदेखी विद्युतिय स्कुटर प्रयोग गर्दै आएको बताउँदे अहिले अचानक सरकारले पक्राउ गर्न थालेपछि लुक्दै चलाउनु उर्ने अवस्था रहेको बताउनु भयो ।
नियम कानुनहरु आम सर्वसाधारणहरुलाई जानकारी नै नदिएर बनाइएको हो या के हो ? भारतबाट पहिले नै खरिद गर्न नदिएर वा नेपालमा ल्याउन नदिएको भए कसैले पनि खरिद नगर्ने थिए उहाँले भन्नुभयो ।
तर अहिले आएर धमाधम सडकबाट नै पक्राउ गर्न थालेपछि सबैमा त्रास रहेको बताउनु भयो । २०७६ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ को उपदफा १० मा कुनैपनि सवारी खरिद गर्ने वा विदेशवाट पैठारी गर्ने व्यक्ति फर्म वा कम्पनी वा सवारी विक्रि वितरण गर्ने एजेण्डले सवारी खरिद गरेको वा पैठारी गरी नेपाल भित्र ल्याएको मितले पन्ध्र दिन भित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराउनु पर्ने उल्लेख गरेको छ ।
तर यो निर्णय बारेमा अधिकाँश उपभोक्ताहरुलाई जानकारी नै नभएर भारतबाट विद्युतिय स्कुटर ल्याएर संचालन गरेको पाइएको हो । पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ।
यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख कुमार परियारले यसको व्यवस्थापनका लागी यसलाई दर्ता गर्ने आफनो जिम्मेवारी भएपनि आधिकारी विक्रेता मार्फत खरिद गरेका कागजात भए दर्ता हुने बताउनु भयो ।
आफुहरुले माथिल्लो निकायमा यस्को जानकारी दिइसकेको र माथिल्लो निकायबाट आउने निर्णय अनुसार काम हुने बताउनु भयो । तर नयाँ विद्युतिय स्कुटर खरिद गर्दा आधिकारीक विक्रेता संग रहेर कागजात भएको मात्रै खरिद गर्न उहाँले आग्रह गर्नु भयो ।
कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले भन्सार छल्ने उद्देश्यले स्कुटर आयात गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसको नियन्त्रणमा प्रहरी सक्रिय भएको बताए।
कार्यालयमा बुझाइएका स्कुटर कानुनी प्रक्रिया पूरा गरेर लिलाम गरिने र नयाँ स्कुटर अवैध रूपमा भित्रिन नदिन प्रहरी प्रशासनको सहयोगमा सक्रियता बढाइएको बताउनु भयो ।
भित्रिएका स्कुटरको दर्तालगायत विषयमा प्रशासनिक तहमा छलफल गरी समाधान खोजिने पनि जानकारी दिनु भयो । कञ्चनपुरमा भारतीय बजारबाट खरिद गरी भन्सार नतिरी भित्र्याइएका तथा दर्ता नगरी सञ्चालन गरिएका स्कुटर बढ्दै गएपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
Comments are closed.