महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले आफुले पाउने सेवा सुविधा वाफतको रकम जेष्ठ नागरिकहरुलाई सहयोग गर्नु भएको छ । सोमवार वडा कार्यालयमा एक कार्याक्रमको आयोजना गर्दै वडा अध्यक्ष थापाले १ सय ५० जना ७२ वर्ष माथीका जेष्ठ नागरिकहरुलाई चाडपर्वमा केही भएपनि मुहारमा खुसी दिनु भएको छ ।
वडा अध्यक्ष थापाले विगतका दिनहरुमा आफुले पाएको सेवा सुविधाबाट विपन्न गरिब परिवारका विद्यार्थीहरुलाई पढाउने, खाद्यन्न सहयोग गर्ने, विपदमा पनि खाद्यन्न सहयोग गर्दै आईरहनु भएको छ । आफुले पाएको सेवा सुविधालाई यसरी जेष्ठ नागरिकहरुलाई दिँदा र उहाँहरुको मुहारमा आउने खुसी नै आफनो लागी ठुलो आर्शिवाद रहेको वडा अध्यक्ष थापाले बताउनु भयो ।
आफुले चुनाव जितेपछि आएर आफनै लगानी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक अभावले अध्ययन गर्न नपाएकाहरुलाई अध्ययन गराउन सहयोग गर्ने खाद्यन्न को अभावमा रहेका गरिव विपन्न, दलित एकल महिला अनाथ बालबालिकाहरुलाई पनि सेवा गरेको बताउनु भयो । त्यही भएर यो वर्षमा पनि आफु ले पाउने सेवा सुविधाबाट केह िभएपनि जेष्ठ नागरिकहरुलाइ खुसी बनाउन सकिन्छ की भनेर आज १ सय ५० जना आमाबुवाहरुलाई सम्मान गरेको बताउनु भयो ।
आफनो क्षेत्रमा रहनु भएका जिउँदा भगवान रुपी आमाबुवाहरुलाई सेवा गर्न पाउँदा आफुलाई भित्रैदेखी खुसी लागेको बताउनु भयो । भीमदत्त नगरपालिकाकी ७५ वर्षिया पुनीदेवी लुहारले यो चाडपर्वमा वडा अध्यक्षले केही भएपनि आर्थिक सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
‘अस्ती बाढीले लत्ताकपडा, राशन अन्न सबैमा क्षती गरेको थियो, अहिले अध्यक्ष बाबुले दिएको आर्थिक सहयोगले आफनो उपचार गर्ने विचार गरेकी छु’ लुहारले भन्नु भयो, ‘इसा वडा अध्यक्ष सबै ठाँउमा होईजाउन मुई जसा बुढानलाई खुबै निको हो’ । यसैगरी अर्की जेष्ठ नागरीक जौँकला देवी जनराले वडा अध्यक्षलाई आर्शिवाद दिनु भयो, यसरी नै हामी सबै जेष्ठ नागरिकहरुलाई हेर्नु, उनको भगवानले रक्षा गरुन यसरी नै अर्का वर्ष पनि हामीलाई हेर्नु, यसैगरी नारायण दत्त भट्टले आफनो ठाँउमा अहिले सरकार रहेको अनुभुत गर्ने अवसर पाएको बताउनु भयो ।
यो चाडपर्वमा आफना नातिनातिनीलाई दक्षिणा दिने व्यवस्था र औषधी उपचार गर्न पनि सहजता भएको बताउनु भयो । यो अवसर दिनुहुने वडा अध्यक्ष बाबुलाई धेरै धेरै धन्यवाद दिनु भयो ।
Comments are closed.