एनएनएसडब्लुएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक जैरू सम्मानित

महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरू सम्मानित हुनु भएको छ ।

भीमदत्त नगरपालिकाले आफनो छैठौ स्थापना दिवसको उपलक्ष्यमा “असहाय जेष्ठ नागरिक र बालबालिकाहरूलाई गरेको सहयोग तथा महिला सशक्तिकरण“ मा पुरÞ्याएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ का संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक जैरू लाई सम्मान गरेको हो ।

सोमवार एका कार्यक्रमको आयोजना गर्दै “असहाय सेवा सहयोग पुरस्कार“ बाट सम्मानित गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ ल्ल्क्ध्ब् का संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक श्री अशोक बिक्रम जैरूले विगत ३५ वर्षदेखी सामाजिक क्षेत्रमा रहेर अपांगता, महिला बालबालिका,कमैया, दलित,स्वास्थ्य, शिक्षा, कृषीको क्षेत्रमा कार्य गर्दै आई रहेको बताउनु भयो ।

यो सममानले थप उर्जावान बनाएको र सामाजिक क्षेत्रमा अग्रसरता र सक्रियताका साथमा कार्य गर्ने जिममेवारी बनाएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.