एकल महिलाहरुलाई रोजगार बनाउन आयोजना गरिएको खाजा नास्ता बनाउने तालिम सम्पन्न

महेन्द्रनगर । द्वन्द पिडित, विपन्न, एकल महिलाहरुलाई रोजगार बनाउन आयोजना गरिएको ५ दिने खाजा नास्ता बनाउने तालिम सम्पन्न भएको छ । बैशाख २६ गतेदेखी संचालनमा आएको तालिम मंगलवार ३० गते एक कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको हो ।

मानव अधिकारको लागी महिला एकल महिला समुह कञ्चनपुरको आयोजना र भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा उक्तः तालिम संचालनमा आएको थियो । भीमदत्त नगरपालिकामा रहेको १९ वटै वडाका द्वन्द पिडित, विपन्न, एकल महिलाहरु, एकल महिलामा पनि विपन्न दलित २५ जना महिलाहरुलाई प्राथमिक दिएर तालिमको आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले आफुले लडेर कार्यपालिकाकोे बैठकमा बजेट विनियोजन गरेर यो तालिमको लागि सहयोग गरेको बताउनु भयो । यो पाँच दिनमा सिकेका सिपलाई आफनो व्यवहारमा लागु गरी आर्थिक रुपमा पनि शसक्त बन्नु पर्ने बताउनु भयो ।

पालिकाबाट चाहिने साथ र सहयोगका लागि आफुले सक्ने सहयोगका लागि आफु कहिले पछि नहटने बताउनु भयो । सामाजिक रुपमा पनि पछाडी परेका द्धन्द पिडित मिहिला, एकल महिलामा पनि विपन्न महिलाहरुका लागि आफुले यो वर्ष भन्दा अर्काे आ.व मा पनि रकम विनियोजन गरेर अझै राम्रो सिपयुक्त तालिमको आयोजना गर्नमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

संस्थाका सुदूरपश्चिम प्रदेश सचिव जिल्ला अध्यक्ष जानकी जोशीले बताउनु भयो । महिलाहरुलाई उत्पादन संग जोडेर सिप सिकाएर आर्थीक रुपमा सवलीकरण गरी महिलाहरुको उत्थान गर्ने योजना अनुरुप यो तालिममको आयोजना गरिएको बताउनु भयो ।

उक्त तालिममा सैद्धान्तिक सिप, व्यवहारिक सिप सिकाएर उहाँहरुलाई सानो पूँजीबाट व्यापार व्यवसाय गरेर आय आर्जन गर्ने, बनाएको अध्यक्ष जोशीको भनाई रहेको छ । यसैगरी तालिमका सहभागी भीमदत्त नगरपालिका ११ की हरिना कार्कीले यो ५ दिने तालिमले आफुलाई धेरे कुरा सिकाएको बताउनु भयो ।

दैनिक जिवनमा आफनै भान्सामा रहेका मरमसला सामानहरुबाट पनि विभिन्न नास्ताका परिकारहरु बनाउन सकिने, सफा शुद्ध र विना रसायनका खानाहरु ब्नाउन सक्ने जानकारी तालिमबाट पाएको बताउनु भयो । साथै उहाँले भीमदत्त नगरपालिका र संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।

सम्बन्धित

Comments are closed.