महेन्द्रनगर । कञ्चनपुरमा टयाक्टर, कार र मोटरसाईकल ठोक्किदा २ जना घाईते भएका छन् ।
भीमदत्त नगरपालिका १७ एयरपोर्ट रोडमा बुधवार करिब ९ बजे महाकालीबाट बालुवा लिएर आएको से १ त ३६०२ नम्वर टयाक्टर र युके ०६ ए डब्लु ४५४७ नम्वरको भारतिय कार ठोक्किएका हुन ।
टयाक्टर कार ठोक्किएपछि सडकमा गुडिरहेको म १ प ९८२० नम्वरको मोटरसाईलमा पनि कार ठोक्किएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले जनाएको छ ।
मोटरसाईकलमा सवार भीमदत्त नगरपालिका १७ वर्ष ४० का रमेश जोशी र भीमदत्त नगरपालिका १६ वर्ष ३० का पवनोद चैसिर सामान्य घाईते भएका छन् ।
कारमा कतिजना थिए भन्ने एकिन हुन सकेको छैन कारमा सवार चालक फरार रहेका छन भने टयाक्टर चालक शकुसल रहेका छन् ।
Comments are closed.